प्रेस वक्तब्य : आगामी पाँच वर्षका लागि रणनैतिक विकास सहायता संरचनासम्बन्धी नेपाल सरकार र संयुक्त राष्ट्र संघबीच भएको सम्झौता

आगामी पाँच वर्षका लागि रणनैतिक विकास सहायता संरचनासम्बन्धी नेपाल सरकार र संयुक्त राष्ट्र संघबीच भएको सम्झौता

                                                          प्रेस विज्ञप्ति

 

काठमाण्डौ, भाद्र १६ – राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघीय टोली नेपालबीच आयोगको सभाहलमा आयोजित विशेष समारोहका बीच "संयुक्त राष्ट्र सङ्घीय विकास सहयोग रुपरेखा २०१८-२०२२” मा  हस्ताक्षर सम्पन्न भयो ।

उक्त सहयोग रुपरेखाले संयुक्त राष्ट्रसंघ मार्फत् नेपालमा आगामी पाँच वर्षको विकास रणनीतिलाई निर्देशित गर्दछ । यसले २६ वटा संयुक्त राष्ट्रसंघीय निकायहरूद्वारा चार बृहत् क्षेत्रहरू: समावेशी आर्थिक वृद्धि; सामाजिक विकास; जलवायु परिवर्तन अनुकूलन र प्रकोप जोखिम न्यूनीकरण; र सुशासन, कानूनको शासन तथा मानव अधिकार सम्बन्धमा प्रदान हुने ६३ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता प्याकेजलाई समेट्दछ ।

समारोहमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपाल सरकारद्वारा परिदृष्ट गरिएका राष्ट्रिय प्राथमिकतासँग मुल रूपमा आवद्ध भएको यस सहयोग रुपरेखामा हस्ताक्षर गर्न पाउँदा खुसी महसुस भएको बताउनु भएको थियो ।वहाँले दिगो विकासका लक्ष्यहरु हासिल गर्ने हाम्रो प्रयासमा यसले सहायता पुर्‌याउने विश्वास व्यक्त गर्नुभयो।

हस्ताक्षर समारोहमा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक श्री भ्यालरी जुलियाण्डले विभिन्न निकायहरूले एक साथ काम गर्दा लक्षित उपलब्धी हासिल गर्न सकिन्छ भन्ने कुरा बताउनुभएको थियो ।यसका साथै दिगो विकास लक्ष्यहरु हासिल गर्न नेपालको संविधान, योजना, एन कानून तथा अन्तर्राष्ट्रिय अभिसन्धिहरुसँग तादम्यता राख्दै नेपालका लागि संयुक्त राष्ट्र सङ्घीय विकास सहयोग रुपरेखाबाट सहयोग पुग्ने बताउनु भएको थियो ।

DOWNLOAD

© 2025 सर्वाधिकार सुरक्षित. राष्ट्रिय योजना आयोग

Fakta-Fakta Trik Kemenangan Mulai Terbongkar Kisah Arifin Iseng Spin Malah Jackpot Starlight Princess Bikin Banyak Pemain Baru Betah Tiktokers Ini Bongkar Cara Raih Kemenangan Viral Mahasiswa UGM Temukan Cara Terbaru
?>