सार्वजनिक निजी साझेदारी अन्तरक्रिया कार्यक्रम, धुनिवेशी, धादिङ

राष्ट्रिय योजना आयोगको सार्वजनिक निजी साझेदारी शाखाले २०७४ असोज १ गते धादिङ जिल्लाको धुनिवेशी नगरपालिकामा सार्वजनिक निजी साझेदारी बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।सो कार्यक्रम राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. सुनिलबाबु श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमको सभापतित्व धुनिवेशी नगरपालिकाका प्रमुखबाट भएको थियो।सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव बिजुकुमार श्रेष्ठले उक्त कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत, वडाध्यक्ष तथा सदस्यहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्‌घाटन गर्नुहुँदै राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. सुनिलबाबु श्रेष्ठले चौधौं योजनाको उत्पादनशील रोजगारी र न्यायपूर्ण वितरण सहितको उच्च आर्थिक वृद्धिद्वारा द्रुत गतिमा गरिबी न्यूनीकरण गर्दै आर्थिक, सामाजिक रुपान्तरण गर्ने उद्देश्य परिपूर्तिका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम महत्वपूर्ण रणनीतिको रुपमा रहेको बताउनु भयो ।साथै वहाँले सार्वजनिक निजी साझेदारी नीतिमा समयानुकूल संशोधन गरी निजी लगानीलाई देशको बिकासमा आकर्षित गर्ने र निकट भविष्यमा निजी क्षेत्र मैत्री ऐन जारी गरिने बताउनु भयो।वहाँले राष्ट्रिय योजना आयोगमा सार्वजनिक निजी साझेदारी शाखा रहेको र छिट्टै यसलाई सार्वजनिक निजी साझेदारी केन्द्रको रुपमा स्तरोन्नती  गर्ने सोच रहेको बताउनुभयो । 

बिद्यमान नीतिमा समयानुकूल संशोधन गरी राष्ट्रिय बिकासमा निजी क्षेत्रको अधिक सहभागिता बढाउन आवश्यक रहेको वहाँले बताउनु भयो।सार्वजनिक निजी साझेदारीमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पूर्वाधारहरुको बिकासमा आयोगले सम्बद्ध निकायहरुवीच समन्वय र सहजीकरण गर्ने बिश्वास डा. श्रेष्ठले ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमको सञ्चालन योजना अधिकृत श्री राममणि काफ्ले र योजना अधिकृत धिराज मरासिनीले गर्नुभएको थियो ।

DOWNLOAD

© 2025 सर्वाधिकार सुरक्षित. राष्ट्रिय योजना आयोग

Fakta-Fakta Trik Kemenangan Mulai Terbongkar Kisah Arifin Iseng Spin Malah Jackpot Starlight Princess Bikin Banyak Pemain Baru Betah Tiktokers Ini Bongkar Cara Raih Kemenangan Viral Mahasiswa UGM Temukan Cara Terbaru
?>