­

सार्वजनिक निजी साझेदारी अन्तरक्रिया कार्यक्रम, गोदावरी, ललितपुर

राष्ट्रले परिलक्षित गरेको लक्ष्य हासिल गर्न पूर्वाधार तथा सेवा क्षेत्रमा सार्वजनिक निजी अवधारणा अनुसार बिकास आयोजनाहरु कार्यान्वयन गर्न आवश्यक छ।देशको सामाजिक आर्थिक बिकास गरी समुन्नत राष्ट्रको रुपमा स्तरोन्नती गर्न बृहत आयोजनाहरु सुशासनको अवधारणा अनुसार कार्यान्वयन गर्नु वाञ्छनीय हुन्छ।बिकास प्रक्रियामा सार्वजनिक र निजी क्षेत्रको साझेदारी महत्वपूर्ण हुने हुँदा राष्ट्रिय योजना आयोगको सार्वजनिक निजी साझेदारी शाखाले २०७४ असोज ३१ गते ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा सार्वजनिक निजी साझेदारी बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।सो कार्यक्रमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. सुनिलबाबु श्रेष्ठ प्रमुख अतिथी हुनुहुन्थ्यो।सो कार्यक्रमको सभापतित्व गोदावरी नगरपालिकाका प्रमुख श्री गजेन्द्र महर्जनले गर्नुभएको थियो।राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक नारायण खतिवडाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सहभागिलाई स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो।कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख, कार्यकारी अधिकृत, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. सुनिलबाबु श्रेष्ठज्यूले चालु योजनाले लक्षित गरेको सोच, लक्ष्य र उद्धेश्य अनुरुप परिमाणात्मक लक्ष्य हासिल गर्न  निजी साझेदारी अवधारणा महत्वपूर्ण कोशेढुंगा हुनसक्ने बिश्वास ब्यक्त गर्नुभयो । वहाँले पूर्वाधार तथा सेवाका क्षेत्रका आयोजनाहरु सार्वजनिक निजी अवधारणामा  सञ्चालन गर्न सकिने पर्याप्त सम्भावनाहरु रहेको बिश्वास ब्यक्त गर्नुभयो । वहाँले सार्वजनिक निजी साझेदारी नीति, २०७२ मा संशोधनको कार्य भैरहेको र निकट भविष्यमा ऐन जारी हुने बताउनु भयो ।

सो कार्यक्रमका प्रमुख अतिथी माननीय डा. सुनिलबाबु श्रेष्ठज्यूबाट सार्वजनिक निजी साझेदारी नीति, २०७२ को ब्यवस्थामाथि बिश्लेषण गर्दै राष्ट्रिय नीति तथा योजनाको बारेमा जानकारी दिनुभएको थियो।सार्वजनिक निजी साझेदारीका बिभिन्न क्षेत्रमा रहेको सम्भाब्यतामाथि प्रकाश पार्दै सो अवधारणामा कार्यान्वयन गर्न सकिने आयोजनाहरु पहिचान गरी कार्यान्वयन गर्न आयोगले आवश्यक पर्ने समन्वय र सहजीकरणमा गर्न आयोग तत्पर रहेको सहभागिलाई बिश्वास दिलाउनुभयो ।

उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुख, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधि तथा नागरिक क्षेत्रका प्रतिनिधिबाट मन्तब्यका साथै गोदावरी नगरपालिकामा सार्वजनिक निजी साझेदारीको सम्भाब्यताका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा माननीय डा. सुनिलबावु श्रेष्ठ, सार्वजनिक निजी साझेदारी बिज्ञ डा. रमेशकुमार भण्डारी, कार्यकारी अधिकृत श्री टेकराज पन्थी, निजी क्षेत्रका प्रतिनिधी श्री जगन्नाथ महर्जन, योजना अधिकृतद्वयले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।कार्यक्रमको समन्वय र सहजीकरण गोदावरी नगरपालिकाबाट भएको थियो भने कार्यक्रम सञ्चालन योजना अधिकृत श्री राममणि काफ्ले र योजना अधिकृत धिराज मरासिनीले गर्नुभएको थियो ।

DOWNLOAD

© 2025 सर्वाधिकार सुरक्षित. राष्ट्रिय योजना आयोग

Fakta-Fakta Trik Kemenangan Mulai Terbongkar Kisah Arifin Iseng Spin Malah Jackpot Starlight Princess Bikin Banyak Pemain Baru Betah Tiktokers Ini Bongkar Cara Raih Kemenangan Viral Mahasiswa UGM Temukan Cara Terbaru
?>