अन्तर्राष्ट्रिय स्वयंसेवक दिवश २०१७ काे अवसरमा माननीय उपाध्यक्ष डा‌. स्व‌र्णिम वाग्लेज्यूले दिनु भएकाे सन्देश

"Volunteers Act First" भन्ने नाराका साथ मनाउन लागिएको यस वर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बर ५, २०१७ (International Volunteers Day-December 5, 2017) को सुखद अवसरमा स्वयंसेवाको क्षेत्रमा क्रियाशील सम्पूर्ण महानुभाव एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु ।

 

नेपालमा स्वयंसेवाको ऐतिहासिक सन्दर्भलाई हेर्दा धर्मशाला तथा पाटी–पौवा निर्माण एवं आधुनिक स्वयंसेवक संस्थाको रुपमा चर्खा प्रचारक महागुठी, परोपकार संस्था, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी सक्रिय रहेको पाइन्छ । विगतमा त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित राष्ट्रिय विकास सेवा (NDS) कार्यक्रमले पनि नेपालमा स्वयंसेवाको आधार खडा गरेको मानिन्छ । साथै हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत परिचालित महिला सामुदायिक स्वयंसेविका कार्यक्रम, राष्ट्रिय योजना आयोगअन्र्तगत सञ्चालित राष्ट्रिय विकास स्वयंसेवक सेवा कार्यक्रम र अन्य संघ–संस्थाहरुबाट सञ्चालित स्वयंसेवी कार्यक्रमहरुबाट देशको आर्थिक, सामाजिक विकास तथा सामुदायिक सचेतना अभिबृद्धिमा उल्लेख्य योगदान पुगेको छ । आगामी दिनमा नेपालमा सञ्चालित स्वयंसेवा सम्बन्धी कार्यक्रमहरुलाई समन्वयात्मक रुपले अघि बढाई त्यसबाट देशको आर्थिक तथा सामाजिक विकासमा अझ प्रभावकारी योगदान पुर्याउँदै विकासको दीर्घकालीन लक्ष्य प्राप्त गर्न सक्ने वातावरण सृजना गर्न सम्बद्ध सबैमा आव्हान गर्दछु ।

स्वयंसेवीहरु कसैको करकाप बिना स्वेच्छाले मानव कल्याणमा समर्पित हुने भएकोले यो लोकतान्त्रिक मूल्य र मान्यतासँग पनि नजिक हुन्छ । मानव सेवाको मर्म अनुभूत गरी स्वयंसेवालाई अवलम्बन गर्ने व्यक्ति स्वयंसेवक हो । यसर्थ, लोककल्याणको सन्दर्भमा स्वयंसेवा र स्वयंसेवकको महत्व अग्रणी हुन्छ भन्ने मेरो बुझाई रहेको छ । वर्तमान परिप्रेक्ष्यमा स्वयंसेवालाई व्यवहारिक पक्षसँग समेत आवद्ध गरी यसलाई बढि स्वस्फूर्त र चलायमान बनाउन जरुरी ठान्दछु ।

अन्त्यमा, आकस्मिक रुपमा परी आउने घटना, समाजमा विद्यमान पछौटेपन, द्वन्द्व र अन्य संकटका कारण दुःख र अभावमा रहेका विभिन्न समुदायहरुको जीवनस्तर उकास्नमा सहयोग पुर्याउन सम्पूर्ण दिदी बहिनी तथा दाजु भाइहरुमा स्वयंसेवी भावनाको जागरण होस् भन्ने शुभेच्छा सहित यस वर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बर ५, २०१७ को सफलताको कामना गर्दछु ।

DOWNLOAD

© 2025 सर्वाधिकार सुरक्षित. राष्ट्रिय योजना आयोग

Fakta-Fakta Trik Kemenangan Mulai Terbongkar Kisah Arifin Iseng Spin Malah Jackpot Starlight Princess Bikin Banyak Pemain Baru Betah Tiktokers Ini Bongkar Cara Raih Kemenangan Viral Mahasiswa UGM Temukan Cara Terbaru
?>