Message by Member-Secretary Mr. Bishnu Prasad Lamsal on the occasion of International Volunteers Day 2017

शुभकामना सन्देश

 

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्वर ५, २०१७ (Internaltional Volunteers Day-December 5, 2017) को उपलक्ष्यमा मुलुकमा सक्रिय सबै स्वयंसेवी संघ–संस्था तथा स्वयंसेवकहरुमा बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु ।

 

यस वर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको नारा f "Volunteers Act First, Here, Everywhere" रहेको हुँदा यसको भावना अनुसार स्वयंसेवी सहयोग जरुरत पर्ने अवस्था/क्रियाकलापहरुमा स्वयंसेवकहरुले अग्र स्थानमा रहेर योगदान पुर्याउने र यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै स्वयंसेवक सेवाको अभिबृद्धि हुने अपेक्षा समेत लिएको छु । विभिन्न सरकारी निकायहरु तथा गैर–सरकारी संघ–संस्थाबाट सञ्चालित स्वयंसेवी क्रियाकलापहरुबाट स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि, वातावरण संरक्षण, स्वयंसेवी भावनाको प्रवद्र्धन आदि क्षेत्रका विकासका लक्ष्यहरु हाँसिल गर्नमा सहयोग पुगिरहेको मैले महशुस गरेको छु । राष्ट्रिय योजना आयोगको सचिवालय अन्तगर्तको विगत दुई दशक देखि सञ्चालित राष्ट्रिय विकास स्वयंसेवक सेवा (National Development Volunteers Service-NDVS) ले विभिन्न विषय क्षेत्रका स्वयंसेवकहरु परिचालन गरी सार्वजनिक सेवा केन्द्र मार्फत सेवा प्रवाहमा सहजीकरण गरिरहेको छ । यसका साथै यस कार्यक्रमले स्थानीय स्तरमा स्वयंसेवकहरुको उपस्थितिबाट र अन्य प्रबद्र्धनात्मक क्रियाकलापहरुबाट स्वयंसेवी भावनाको प्रसार समेत गरिरहेको छ । नागरिकहरुलाई सार्वजनिक सेवा सरल, सहज एवं गुणस्तरीय रुपमा प्रवाह गर्न सरकारले भरमग्दुर प्रयास गरेको वर्तमान अवस्थामा स्वयंसेवकहरु मार्फत नागरिकहरुको सेवा प्रवाहमा पहुँच बढाई स्वयंसेवालाई सेवा प्रवाहको भरपर्दो वैकल्पिक माध्यमका रुपमा अपनाउन सकिन्छ । स्वयंसेवाको दायरालाई फराकिलो बनाउदै यसलाई राष्ट्रिय अभियानकै रुपमा अघि बढाउन सरोकारवालाहरु, सरकारी निकाय, गैर–सरकारी संघ–संस्था एवं व्यक्ति समेतका प्रयासहरु अझ फस्टाउने वातावरण निर्माण हुनु जरुरी भएको छ । समाजमा क्रियाशील सबै किसिमका स्वयंसेवी निकाय संघ–संस्थाहरुबीच प्रभावकारी समन्वय स्थापना गरी स्वयंसेवी क्रियाकलापहरुलाई संगठित रुपमा अघि वढाउन सकेमा यस क्षेत्रमा अझ बढी उपलव्धिहरु प्राप्त हुनेछन् । यस वर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा सम्वद्ध सबै सरोकारवाला निकाय, संघ–संस्था तथा स्वयंसेवकहरुलाई स्वयंसेवी भावनाका साथ मुलुकको आर्थिक–सामाजिक विकासको अभियानमा संलग्न हुन म हार्दिक अनुरोध गर्दछु ।

अन्त्यमा, नेपाली समाजमा परापूर्वकालदेखि समाज सेवाका विभिन्न स्वरुपहरु अभ्यासमा रही आएका छन् । जसमध्ये स्वयंसेवा उत्कृष्ट सेवा मानिन्छ । परम्परागत स्वयंसेवालाई सामाजिक एकीकरणको आधारका रुपमा उपयोग गर्न सकिने तथा संगठित एवं व्यवसायिक स्वयंसेवालाई देश विकासको लक्ष्य प्राप्ति गर्ने माध्यमका रुपमा विकास गर्न सकिने धेरै आधारहरु रहेका छन् । स्वयंसेवकहरु स्वयंसेवी भावनाको साथ परिचालित हुने उत्प्रेरक व्यक्तिका रुपमा समाजमा क्रियाशिल रहने हुँदा सबै नागरिकहरुमा स्वयंसेवी भावना जागृत गर्न समुदाय स्तरबाटै उठी स्वयंसेवालाई अगाडि बढाऔं भन्ने आव्हान गर्दै यस वर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको पूर्ण सफलताको कामना गर्दछु ।

DOWNLOAD

Ownership Information: Website belongs to National Planning Commission (NPC) | © 2025. All rights reserved.

Last Update : 2025-05-08 12:47:39

Fakta-Fakta Trik Kemenangan Mulai Terbongkar Kisah Arifin Iseng Spin Malah Jackpot Starlight Princess Bikin Banyak Pemain Baru Betah Tiktokers Ini Bongkar Cara Raih Kemenangan Viral Mahasiswa UGM Temukan Cara Terbaru
?>